सोमबार, ०८ पुस २०८१

छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव सुरु


काठमाडौँ, १४ भदौ । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’ शुक्रबारबाट शुरू भएको छ । २० गतेसम्म नेपाल फिल्म  क्याम्पसमा महोत्सव आयोजना हुने भएको हो ।

नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको, महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताए ।

नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन सहित मञ्च प्रदान गर्न आगामी दिनमा यसको निरन्तरताका लागि अगाडि बढिरहेको न्यौपानेको भनाई थियो ।

छुनुमुनुले हालसम्म देशभरिका २८ बढी बिद्यालयमा अध्यायनरत करिब तीनहजार बढी विद्यार्थीहरूलाई रङ्गमञ्च र अभिनय सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आईरहेको न्यौपानेले बताए ।

महोत्सवको सह–आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चागुँ नारायण माध्यामिक विद्यालय, नेक्सस  इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल रहेका छन् ।

त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन हुनेछ भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’ मञ्चन हुने छ ।

 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ