- भदौ १२, २०८१
काठमाडौं । यस वर्षका मदन मदन पुरस्कार मोहन मैनालीले पाएका छन् । मदन पुरस्कार गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिए ।
२०८० को मदन पुरस्कारका लागि यस अघि पाँच किताब अन्तिम छनौटमा परेका थिए । जसमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।
गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेको थियो । प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा–श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।
टिप्पणीहरू: