सोमबार, ०८ पुस २०८१

राधा भण्डारीकाे धमिलाे प्रकाश सार्वजनिक


काठमाडौं, १४ भदाै । साहित्यकार राधा भण्डारीले आफ्नो दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ पाठकमाझ ल्याएकी छिन् । काठमाडौंमा एक समारोहबीच पत्रकार प्रा.पुरुषोत्तम दाहल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले यो पुस्तक लोकार्पण गरेका छन् ।

कार्यक्रममा मिलाप पब्लिकेशका कृष्ण भुसालले राधाको पुस्तकको समीक्षा गर्दै उनको लेखन यात्राबारे प्रकाश पारे ।

भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएको बताईन् । यो उपन्यास कोरोना–१९को महामारीबाट सिर्जित असमान्य परिस्थितिको पृष्ठिभूमिमा रचिएको जानकारी उनले गराईन्,‘धमिलो प्रकाशले नेपाली समाजमा विद्यमान पुरुषप्रधान मानसिकतालाई उजागर गर्न खोजेको छ, जसले राष्ट्रको आधा आकाश भनिने नारीहरूमाथि शदियौंदेखि भौतिक, मानसिक दुवै स्तरमा चरम् शोषण गर्दै आएको छ,’ उनले भनिन् ।

यस्तै खेमनाथ दाहालले पुस्तकको टिप्पणी गर्दै नारी वेदना र प्रतिशोधको बिम्बको रुपमा यो पुस्तक आएको बताए । यौन उत्पीडनमा परेका नारीको आवाज यो पुस्तकले उठाएको बताए ।

पत्रकार पुरुषोत्तम दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको छ भने । पुस्तक पढ्ने चलन हराउँदै गएको बेला यो पुस्तकले पाठकको मन जित्ने विश्वास उनले ब्यक्त गरे । यसको कथा ससक्त भएका कारण आफुहरुले प्रकाशन गरेको साहित्यकार तथा प्रकाशक संस्था शब्दबिम्ब प्रकाशनका अध्यक्ष हरि अधिकारीले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ