सोमबार, ०८ पुस २०८१

सम्बन्ध विच्छेदको हल्ला चलेको बेला ऐश्वर्याको नयाँ भिडियो


विगत केही महिनादेखि ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्ध विच्छेदको हल्लाले बजार गर्माएको छ । सम्बन्ध विच्छेदको खबरका जुनसुकै रफ्तारमा अघि बढे पनि ऐश्वर्या र अभिषेकले आधिकारिक रुपमा केही भनेका छैनन् । बच्चन परिवारले पनि यस विषयमा अहिलेसम्म मौनता कायम राखेको छ ।

ऐश्वर्या रायले आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेको एउटा भिडियोले उनलाई थप चर्चामा ल्याएको छ , जसमा उनले आफ्नो इज्जतसँग सम्झौता नगर्ने उल्लेख गरेकी छिन् ।

हो, डिभोर्सको खबरबीच ऐश्वर्या रायले एउटा भिडियो शेयर गरेकी छिन्, जसले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । यस भिडियोमा अभिनेत्रीले आफ्नो पक्षमा अडान लिने कुरामा जोड दिएकी छिन् ।

वास्तवमा यो भिडियोमा ऐश्वर्याले महिलामाथि हुने हिंसा र उत्पीडनको बारेमा कुरा गरिरहेकी छिन् । यस भिडियोमा नायिकाले सडक दुव्र्यवहार विरुद्ध आवाज उठाउन र त्यसको सामना गर्न महिलाहरूलाई प्रोत्साहित गरिरहेकी छिन् ।

अभिषेक र ऐश्वर्याको सम्बन्धविच्छेदको हल्ला चलिरहेको बेला यो भिडियोको निकै चर्चा भइरहेको छ ।

ऐश्वर्या भन्छिन् ‘सडक उत्पीडनको सामना कसरी गर्ने ? आँखा जुधाएर हेर्ने गर्नुस् । समस्यालाई सीधा आँखाले हेर्नुहोस्, आफ्नो टाउको माथि समात्नुहोस्, स्त्री र नारीवादी । मेरो शरीर, मेरो मूल्य । आफ्नो सम्मान संग कहिल्यै सम्झौता नगर्नुहोस् ।

शंका गर्नुको सट्टा, आफ्नो लागि अडान लिनुहोस् । आफ्नो लुगा वा लिपस्टिकलाई दोष नदिनुहोस् । सडक उत्पीडन तपाईंको गल्ती कहिल्यै होइन ।’

ऐश्वर्याले हालै छोरी आराध्याको जन्मदिनको तस्विर सेयर गरेकी थिइन् । आराध्याको जन्मदिनमा न त बाबु अभिषेक बच्चन न त बच्चन परिवारका कोही सदस्य देखिएका थिए । आराध्याको जन्मदिनमा बच्चन परिवारको अनुपस्थितिपछि सम्बन्धविच्छेदको खबरले थप गति लिएको छ ।

ऐश्वर्या र अभिषेक बच्चनको डिभोर्सको खबर लामो समयदेखि चर्चामा छ । उनीहरुको डिभोर्सको खबर तब चर्चामा आयो जब ऐश्वर्या आफ्नी छोरी आराध्यासँग अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेमा सहभागी । जुन समारोहमा अभिषेक बच्चन आफ्नो परिवारसँग आएका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ