- असार ०७, २०८०
महेन्द्रनगर (धनुषा) । १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या उनकै आमाका प्रेमीले गरेको खुलेको छ । अञ्जलीकी आमा आशा यादबसंग रामबाबु शाहको हिमचिम बढ्दो थियो ।
आफ्नै श्रीमातीको हत्या गरेर जेल गएका साह सजाय काटेर आएका थिए । त्यसपछि आशा र रामबाबु प्रेममा परेका थिए । जब आशाका श्रीमान होबिन्द्र यादबले रामबाबुसँग आशाको लसपस सुरु भएको थाहा भयो भद्रा भलाद्मी जम्मा गरेर आशालाई रामबाबुको जिम्मा लगाउने निर्णय गरे । आशाबाट जन्मिएका सन्तानको हेर चाह होबिन्द्रले गर्ने निर्णय गरे ।
आशा आफुबाट टाढिएको भन्दै रामबाबुले आशालाई मार्ने नियतले प्रहार गर्दा छोरी अञ्जलीको मृत्यु भएको थियो ।
महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयले १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्या आरोपीलाई पक्राउ गरेको छ ।
आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले विहीबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरीका अनुसार धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जलीको गत सोमबार राती खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
आरोपित साहलाई बुधबार राति करिब साढे १० बजे क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
रामबाबु यसअघि आफ्नो श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर २०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो भने अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी आशा यादव घाइते भएका थिए ।
आशाको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशा रामबाबुकै प्रेमी रहेको र उनकै कारण घटना घटेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रनाउ सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा भएको केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान भइ प्रेम सम्बन्ध गाँसिएको थियो ।
‘आशाको श्रीमानलाई दुबैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ’ उनले भने ‘श्रीमानले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरु छुट्टिएका रहेछन् ।’
आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकामा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए ।
टिप्पणीहरू: