- असार ०७, २०८०
सांकेतिक तस्बिर
काठमाडौँ। काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: