शनिबार, २४ जेठ २०८२

‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दा उठाउने उपयुक्त विश्व मञ्च हाे: सांसद घर्ती


काठमाडाैँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको भन्दै यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मन्चका रुपमा रहेको बताइन् । उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिइन् ।

उनले नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठुलो क्षति गरिरहेको पनि बताइन् ।

उनले राष्ट्रिय तथ्याङक कार्यालयको दोस्रो पारिवारिक संरक्षणअनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन् ।

उनले विगत पाँच वर्षमा जलवायु विपतबाट सहरी क्षेत्रमा दुई खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताएकी छन् ।

सांसद घर्तीले देशमा भएका सगरमाथाहरु जलवायु परिवर्तनकै कारण काला चट्टानहरुमा परिवर्तन भएको र यसलाई न्यूनीकरण गर्नुपर्ने बताएकी हुन्  ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ