सोमबार, १६ कात्तिक २०८३

कांग्रेस प्रतिपक्षीसँग मिलेर सरकारविरुद्ध अघि बढ्ने


काठमाडाैं ।  नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग मिलेर सरकारविरुद्ध गतिविधि गर्ने भएकाे छ ।

सोमबार दिउँसो १ बजे बस्ने गरी कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चारमाध्यम, पत्रकारमाथि धरपकड गरेर समाजमा त्रास फैल्याएको र अन्य मुलुकमा सुशासनका गतिविधिबारे प्रतिपक्ष दलहरुको धारणासहित एकतावद्ध भइ अघि बढ्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा साझा धारणा बनाइने बताइएको छ।

कांग्रेसले आजै संसदीय दलको बैठक पनि बोलाएको छ।

प्रतिपक्षमा रहेका अरू दलहरूले पनि सरकारको क्रियाकलापको विरोध गरेका छन्।

सरकार मिडियाप्रति रुष्ट हुँदै गएपछि नागरिक समाजले सरकारकाे रबैयाप्रति चिन्ता व्यक्त गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ