- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील हुन नसकेकाे भन्दै प्रश्न उठाएका छन् ।
साेमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै घटनापछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोमा उनले आपत्ति जनाए ।
उनले हामीले कस्तो समाज निर्माण गरिरहेका छाैँ, भन्दै प्रश्न गरे ।
‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’ उनले भने ।
टिप्पणीहरू: