- असार ०६, २०८०
काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् ।
उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेँ भनेर सबै कुरा खुलस्त बताएका छन् ।
प्रहरीले समक्ष दिएकाे बयानको भिडियो बाहिरिएपछि अहिले प्रहरीकाे नियतमाथी सर्वसाधारणले सामाजिक सञ्जाल मार्फत प्रश्न उठाइरहेका छन् ।
बयान लिने क्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने आशंकामा ति प्रहरी पक्राउ परेका हुन् । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ ।
भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।
किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
टिप्पणीहरू: