बिहिबार, ३० असोज २०८२

जिल्ला अध्यक्षसहित राप्रपाले गर्याे चार जनालाई कार्वाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई कारबाही गरेको छ । उनीहरू एक वर्षका लागि निलम्बित भएका छन् ।

आज कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको सुझावका आधारमा सो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताए । लिङदेनका अनुसार जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई बिधान बमोजिम कारबाही गरिएको हो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ