बिहिबार, ३० असोज २०८२

कांग्रेसका ५३ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाए


काठमाडौँ । नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका छन् । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित बुधबार निवदेन बुझाइएको हो ।

मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिइएको एक नेताले जानकारी दिए। पार्टीको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ