बिहिबार, ३० असोज २०८२

गृहमन्त्री भन्छन्-यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएकाले ख्याल गर्न भनेका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए ।

सरकारलाई असंवैधानिक भन्नेहरू तर्फ इङ्गित गर्दै उनले भने ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामिलामा के-के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालले बताए । 

विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरीत सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनकाे भनाई थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ