शुक्रबार, २३ जेठ २०८२

राजावादीकाे आन्दोलन नराेकिएसम्म राप्रपा नेताहरूले अंगरक्षक नपाउने (भिडियाे)


काठमाडाैँ। सरकारले राजावादी नेताहरुले आन्दोलन नराेकेसम्म अंगरक्षक (पीएसओ) नदिने भएकाे छ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन नराेकिसम्म नेताहरुको अंगरक्षक नखटाइने बताएका हुन्।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता बुद्धिमान तामाङले  आफ्नाे पार्टीका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको? भन्दै प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्नेबित्तिकै पुनः खटाइने बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ