बुधबार, १७ वैशाख २०८२

करिब ५ घन्टापछि रिहा भए रेशम चाैधरी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेकाे पाँच घन्टापछि  रिहा भएका छन् ।

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको नक्कली पत्रका आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

उक्त पत्र नक्कली भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जनाएकाे छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी बेलुका रिहा भएका हुन् । नक्कली पत्र लेख्ने महिमानसिंह विष्ट पक्राउ परिसकेका छन् ।

संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।

याे पनि पढ्नुहाेस्... रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ