शनिबार, ०६ वैशाख २०८२

प्रहरीका ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, काे-काे छन् सूचीमा ?


काठमाडाैँ । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेकाे हाे ।

बढुवा सिफारिस भएकाहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् ।

सिफारिस सूचीको पहिलो नम्बरमा खापुङ छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ