- असार ०६, २०८०
फाइल फाेटाे
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
'बैठक आन्दाेलन र पार्टी संगठनलाई संगसंगै लैजाने निर्णय गरेकाे छ । त्यस क्रममा पूर्व घाेषित मिति वैशाख ७ गते काठमाडाैँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ', उनले भने ।
यसैगरी बैठकले ९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए ।
अध्यक्ष लिङ्देनले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत चैत १५ गतेको प्रदर्शनमा पक्राउ परेकाहरूकाे रिहाई गर्न माग गर्ने र कानुनी एवं राजनीतिक लडाइँलाई सशक्त बनाउँदै लैजाने निर्णय भएकाे जानकारी दिए ।
टिप्पणीहरू: