सोमबार, ०८ पुस २०८१

रवि लामिछानेसँग बयान लिँदै, सुरक्षा व्यवस्था कडा


गण्डकी, २७ कात्तिक । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । 

कास्की प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माका अनुसार लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पु-याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीसँग बयान लिइएको हो । 

पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेकाे बयान लिँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाइएकाे छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ