- असार ०६, २०८०
काठमाडाै, २७ कार्तिक । वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी दिनका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय फुटाएकाे हाे ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको छ । अव वाग्मतीमा मन्त्रालयको संख्या १४ पुगेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाइ जिम्मेवारी प्रदान नगरेको छिट्टै जिम्मेवारी तोकिने बताए । सरकारको नेतृत्व लिएको १११ दिन नाघिसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजन गर्न बाध्य भएको थियो । श्रेष्ठले मुख्यमन्त्री लामासँगै साउन ९ गते शपथ ग्रहण गरेका थिए । उनी हालसम्म बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् । श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।
टिप्पणीहरू: