सोमबार, ०९ कात्तिक २०८३

कांग्रेसका नवनिर्वाचित  पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने


ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएकाे जानकारीअनुसार कात्तिक १२ गते अपराह्न २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ