सोमबार, ०८ पुस २०८१

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे


पोखरा, ८ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

यसअघि कात्तिक ४ गते अदालतले पक्राउ परेकै दिनदेखि लागू हुनेगरी लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की प्रहरीलाई अनुमति दिएको थियो । अदालतले दिएको म्याद बुधबार राति सकिएपछि प्रहरीले बिहीबार लामिछानेलाई अदालतमा उपस्थित गराएको हो । आज अदालतले लामिछानेलाई थप म्याद थप्ने वा नथप्ने भन्ने निर्णय गर्नेछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो । बिहीबार सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका हुन् । लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ