मङ्गलबार, ०५ फागुन २०८२

रश्मिका विजयको विवाहमा फोटो खिच्न नपाईने


मुम्बई । साउथ सुपरस्टार विजय देवरकोंडा र रश्मिका मन्दाना चाँडै विवाह गर्दैछन् । सामाजिक सञ्जालमा उनीहरुको विवाहको कार्ड बाहिरिएपछि उनीहरुको विवाहको खबरले सामाजिक सञ्जालमा नयाँ बहस सुरु गरेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार आउदो २६ फेब्रुअरीमा उदयपुरमा परिवारका सदस्य र सिमित आफन्तहरुका बीचमा वैवाहिक कार्यक्रम सम्पन्न हुने छ । उनीहरुको वैवाहिक कार्यक्रम फेब्रुअरी २४ मा सुरु हुने भएको छ । उनीहरुले विवाहलाई सकेसम्म गोप्य राख्ने प्रयाश गरेका छन् । विवाहमा सिमित व्यक्तिलाई मात्रै बोलाउने उनीहरुको योजना रहेको छ । विवाहमा फिल्म क्षेत्रका कोही पनि व्यक्ति सहभागी हुने छैनन् । विवाहमा सहभागी कसैलाई पनि उनीहरुको फोटो खिच्न अनुमति दिइएको छैन ।

विवाहपछि विजय र रश्मिकाले १ महिनाको छुट्टी लिने भएका छन् । ४ मार्चमा फिल्म क्षेत्रका व्यक्तिका लागि विशेष पार्टीको व्यवस्था गरिएको छ । गीता गोबिन्दम र डियर कमरेडमा काम गरेपछि यो जोडीको चर्चा हुन थालेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ