- भदौ ०२, २०८१
काठमाण्डाै, १३ मंसिर । यस वर्षकाे ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्का उत्कृष्ट ठहरिएका छन् । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक समारोहका विच १० विधामा पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट घोषित फिल्मीकर्मीलाई पुरस्कार प्रदान गरे । विपिनले फिल्म ‘प्रसाद २’ र स्वस्तिमाले ‘दिमाग खराब’बाट पुरस्कार जितेका हुन् । यस्तै, उत्कृष्ट फिल्म ‘बुलाकी’ घोषित हुँदा उत्कृष्ट निर्देशकको पुरस्कार ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरे ।
समारोहमा उत्कृष्ट लेखक ‘बुलाकी’बाट राजबहादुर साने, उत्कृष्ट छायांकन ‘बुलाकी’बाटै शिव ढकाल, उत्कृष्ट सम्पादन ‘महाजात्रा’बाट मित्र डी गुरुङले प्राप्त गरे ।
यस्तै, समारोहमा ‘दिर्घ साधना सम्मान’को पुरस्कार नायिका चैत्यदेवीलाई प्रदान गरियो । उनलाई नगद ३ लाख ७५ हजार, ताम्रपत्र, दोसल्लासहित सम्मान पनि गरिएको थियो ।
चलचित्र विकास बोर्डले ‘विशेष फिल्म’को पुरस्कार सतीदेवी, मर्कली र सुवुलाई प्रदान गर्यो । यस्तै, आदिवासी, जनजाती तथा मातृभाषी फिल्मतर्फ ‘लोजीमा’ उत्कृष्ट ठहरियो ।
यस्तै, प्रोत्साहन पुरस्कार ‘टुल्की’की नायिका स्वस्तिमा कार्की र फिल्म ‘जारी’लाई प्रदान गरियो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली फिल्मले कला, संकृतीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्तै, संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकारले नेपाली फिल्मको विकासका लागि काम गर्ने बताए ।
चलचित्र विकास बोर्डले वि.सं २०८० मा रिलिज भएका फिल्महरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको हो ।
टिप्पणीहरू: