आइतबार, ०७ वैशाख २०८२

राजावादी आन्दोलन: वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानकाे घोषणा


काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले तीनकुने घटनामा पक्राउ परेकाहरूकाे रिहा र नवराज सुवेदीकाे नजरबन्द खुला नगरे वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।

समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने र सुवेदीकाे नजरबन्द खुला गर्नुपर्ने माग गर्दै यस्ताे घोषणा गरेका हुन् । 

उनले सामूहिक गिरफ्तारी दिनका लागि तीनकुनेमा मारिएकाकाे रगत लत्पतिएको माटोको टीका लगाएर सबैभन्दा पहिला आफू हिँड्ने बताए ।

‘वैशाख २२ गतेसम्म पनि अहिलेकाे सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकजीको नजरबन्द खुलाएन भने, हाम्राे बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गतेकाे दिनमा हामीहरूले तीनकुनेमा सहादत प्राप्त गर्नुभएका वीर सहिदहरूको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफतारी दिने हाे,’ गुरुङले भने, ‘सबैभन्दा पहिले मै हिँड्छु। म ७८ वर्षको बुढाे, सुगरकाे बिरामी माटोको टिका लगाएर सबैभन्दा पहिले मै हिँड्छु। तपाईंहरु को काे आउनुहुन्छ, आउनुस् । २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने हाे।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ