- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधिसभा बैठकमा अवराेध जारी राखेकाे छ।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन्।
रास्वपा सांसदहरूको अवरोधका कारण संसद्को कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ।
सभामुखले विशेष कारण देखाउँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराएका हुन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको बैठक पनि बहिस्कार गरेको छ।
टिप्पणीहरू: