- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।
शुक्रबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रम राखिएको थियो। रास्वपा र राप्रपाका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेका थिए।
सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए। त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किए। सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउन माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएकाे छ।
टिप्पणीहरू: