सोमबार, ११ साउन २०८३

सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन, यातायात अवरुद्ध


विराटनगर । सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएकाे भएको छ । प्रदर्शनले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाे छ ।

सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा स्थानीयले विराेध प्रदर्शन सुरु गरेका हुन् ।

आइतबार राती  दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए। घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । 

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ