सोमबार, ११ साउन २०८३

नेपालकाे पहिलाे सुरुङ मार्ग उद्घाटन


काठमाडाैं ।  नेपालकै पहिलो सुरुङमार्गको उद्घाटन गरिएको छ। 

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोको उपस्थितिमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरिएको हो। 

निर्माण थालिएको झण्डै ७ वर्षमा २६ सय ८८ मिटर लामो सुरुङमार्ग अब आवतजावतका लागि तयार भएको छ। मुख्यसहित इभ्याकुएसन सुरुङ पनि निर्माण गरिएको छ। 

सुरुङमार्ग उद्घाटनसँगै पहिलो चरणमा आपत्कालीन सवारीसाधनहरु दमकल, एम्बुलेन्सलगायतलाई मात्र सञ्चालन अनुमति दिइएको छ।

नागढुंगा उकालो र ट्राफिक जाम घटाउने उद्देश्यले सडक विभागले नागढुंगा सुरुङमार्गको सम्भाव्यता अध्ययन सन् २०१३ को फेब्रुअरीमा गरेको थियो।

वि.सं. २०७६ कात्तिक २८ गते यसको ठेक्का लागेको थियो भने २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद थियो। तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपिएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ