सोमबार, ११ साउन २०८३

सुनसरी घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय ताेकिएकाे छ।

घटनाबारे थप छलफल गर्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ।

सुनसरीमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। अहिले स्थानीयले कर्फ्यु उल‌ंघन गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ