आइतबार, २६ असोज २०८२

जेनजी आन्दाेलनमा भागेका कैदीले ठमेलमा गरे आफ्नै साथीकाे हत्या


काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दाेलनका क्रममा भागेक एक कैदीले ठमेलमा एक युवकको हत्या गरेका छन् ।

फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी अझै फरार रहेका छन् । घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको एक प्रहरी अधिकृतले बताए ।

तर, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यसअघि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ