आइतबार, २६ असोज २०८२

राष्ट्रपतिकाे सन्देश : लाेकतन्त्र बचाउन निर्वाचनमा केन्द्रित हुनुहाेस्


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् ।

शुक्रबार शीतल निवासमा भएकाे सर्वदलीय बैठकमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपतिले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिए ।

राष्ट्रपतिले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्वविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु-याउँछ भन्ने पनि सोच्न आग्रह गरेका थिए ।

पौडेलले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ