शुक्रबार, १६ साउन २०८२

‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस


काठमाडाैं ।  १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । यो  अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म हुँदैछ ।

‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन् । उनले आफ्नो प्रतिभा र कडा परिश्रमले यो उपाधि जितेकी थिइन् ।

प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन् । उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन् । यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा धेरै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ । 

प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्रले मार्गदर्शन गरेका छन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउनेमा सबैले विश्वास व्यक्त गरेका छन् । उनको कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ