- असार ०७, २०८०
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीमा संलग्नलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गरेर भए पनि कार्वाही गर्नुपर्ने बताएकी छिन् ।
‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर हिँड्छन्, महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं। जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ।’
सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ।
टिप्पणीहरू: