- असार ०७, २०८०
भैरहवा (रुपन्देही) । आज बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदका अनुसार बिहान घारबाट करिब एक सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पु-याएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको साउदले बताए ।
टिप्पणीहरू: