- असार ०६, २०८०
फाइल तस्विर
काठमाडौं । सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वजेट वक्तव्यमा उल्लेख भएको ‘टेक एण्ड पे’ नहटाएर बजेट पारित नहुने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तनावमा छन् ।
बजेटमा ‘टेक एण्ड पे’ घोषणा गरेपछि आम उर्जा व्यवसायी आन्दोलित छन् । सदनमा पनि सांसदहरुले यसको खारेजीको माग गर्दै आएका छन् । भोली मंगलबार संसदबाट बजेट पास गर्ने योजनामा सरकार रहेको बेला देउवाको यो चेतावनी आएको हो ।
सोमबार देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ हटाउन आग्रह गर्दै नहटाए बजेट पास नहुने चेतावनी दिए । ‘सभापति ज्युले अर्थमन्त्रीलाई फोन गरेर टेक एण्ड पे नहटाए बजेट पास नगर्ने भन्नु भएको छ ।’ नेपाली कांग्रेसका एक सांसदले भने ।
गत पुस ११ मा सरकारले १० वर्षमा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्दै उर्जा मार्गचित्र सार्वजनिक गरेको थियो । टेक एण्ड पेले सरकारकै योजना असफल बनाउने भन्दै उर्जामन्त्री दिपक खड्का स्वयंले विरोध गर्दै आएका छन् । उर्जामन्त्रालयसंग परामर्श नै नगरि विचौलियाको सुझावमा अर्थमन्त्री पौडेलले ‘टेक एण्ड पे’ राखेको कांग्रेस नेताहरुको भनाई छ ।
टिप्पणीहरू: