- असार ०७, २०८०
काठमाडौं। जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छाड्न आदेश दिएको छ।
साेमबार थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
सुन तस्करी प्रकरणमा फरार रहेकी रोकालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले यही असार ६ गते ई काठमाडौंको टोखाबाट पक्राउ गरेको गरेकाे थियाे।
उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। थुनछेक बहस सकिएसँगै अदालतले उनलाई सोमबार धरौटीमा छाड्न आदेश गरेको हो।
राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।
रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौँको ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता भएको पाइएपछि उनीमाथि अनुसन्धान थालिएकाे थियाे।
टिप्पणीहरू: