शनिबार, २१ चैत २०८२

प्रहरीकाे ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु, एकै रातमा दर्जनाै पक्राउ


काठमाडाैं । प्रहरीले काठमाडौँमा गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु गरेको छ।

 गएराति प्रहरीले गुन्डागर्दीमा संलग्न आरोपमा काठमाडौँका विभिन्न स्थानमा दर्जनाै व्यक्तिलाई नियन्त्रणमा लिएको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार श्याम लामा समूहमा सक्रिय रहेर बौद्ध एरियामा गुन्डागर्दी गर्ने प्रवीण तामाङ (डिम्पल), कलंकी-बाफल एरियामा गुन्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुन्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार एरियामा गुन्डागर्दी गर्ने सरु हुमागाईं र बौद्ध एरियामा लुटपाट तथा गुन्डागर्दीमा संलग्न विकी लामालाई पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसर काठमाडौँले उनीहरूसहित गुन्डागर्दीमा संलग्न आरोपमा कम्तीमा १३ जनालाई पक्राउ गरेको छ।  

त्यस्तै त्रिभुवन विमानस्थल क्षेत्र र नयाँ वसपार्क क्षेत्रबाट पनि गुण्डागर्दीमा संलग्नहरु पक्राउ परेका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ