शुक्रबार, ०६ असार २०८२

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा जाहेरी


फाइल तस्बिर

काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ।

चेक अनादर कसुरमा हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको हाे।

प्रहरी कार्यलयका अनुसार जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइसकेकाे छैन।

सांसद चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको बताइएकाे छ।

दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी एकीकृत समाजवादीका उपमहासचिवसमेत हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ