शुक्रबार, ०६ असार २०८२

आलमलाई सफाई दिने उच्च अदालतका दुई न्यायाधीश न्याय परिषद् तानिए


काठमाडाै‌ं । इट्टा भट्टामा जिउँदै मान्छे जलाएकाे अभियाेग लागेका  कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश न्याय परिषद्मा तानिएका छन् । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेको थियो ।

आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको व्यापक आलाेचना भयाे यहि घटनाका कारण न्यायलयमाथी प्रश्न समेत उठ्याे। इट्टा भट्टामा ज्युँदै मारिएका  पिन्टु त्रिलोकका बुबाले उजुरी दिएका थिए ।

परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको एक सदस्यले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ