आइतबार, ०२ कात्तिक २०८२

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्’, सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ