बिहिबार, ११ पुस २०८१

पाँच पटक नेशनल अवार्ड पाएका थिए श्याम बेनेगलले


मुम्बई । बलिउडका प्रसिद्ध फिल्म निर्देशक श्याम बेनेगलको ९० वर्षको उमेरमा निधन भएको छ । भारतिय मिडियाका अनुसार उनी लामो समयदेखि बिरामी थिए । किडनी सम्बन्धी समस्यासंग जुधिरहेका निर्देशक बेनेगलको सोमबार बिहान निधन भएको थियो ।

गत १४ डिसेम्बरमा उनले ९० औ जन्मदिन मनाएका थिए । उनी भारतका प्रसिद्ध निर्देशक मानिन्छन् । अंकुर, निशान्त, मन्थन, भुमिका जस्ता फिल्म बनाएका उनी समानान्तर सिनेमाका लागि प्रसिद्ध थिए ।

सन १९७६ मा पद्मश्री अवार्ड पाएका उनले सन १९९१ म पद्म भुषण सम्मान पाएका थिए । सन २००७ मा भारतीय सिनेमाको सर्वोच्च पुरस्कार दादा साहब फाल्के पुरस्कार पाएका थिए । उनले फिल्मका अतिरिक्त सन १९८० को दशकमा धाराबाहिक यात्रा। क्था सागर, भारत एक खोज बनाएका थिए । उनी एकमात्र निर्देशक हुन् जसले सर्वश्रेष्ठ फिचर फिल्मका लागि पाँच पटक नेशनल अवार्ड पाए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ