- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो।
सोही मुद्दाका प्रतिवादीहरु छविलाल जोशी, सुनिता नेवा, कमल थापालाई धरौटीमा रिहा गर्ने आदेश पनि उच्चले सदर गरेको छ।
धरौटी माग गर्ने जिल्ला अदालतको आदेश वेरितको नदेखिएको भन्दै परिवर्तन गरिरहनु नपर्ने उच्चको आदेशमा भनिएको छ।
टिप्पणीहरू: