बिहिबार, ०८ माघ २०८२

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा


काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गतेकाे घटनासम्बन्धी जाँचबुझ आयोगको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो।

यसअघि अनुसन्धानको सिलसिलामा असोज १२ गते लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।

‘प्रस्तुत विषयमा भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्वमाननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२/६/१२ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९/१७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ’ , सूचनामा भनिएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ