- असार ०६, २०८०
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी ओलीका विश्वासपात्र विष्णु रिमाल पराजित भएका छन् ।
तीन उपमहासचिव पदका निम्ति सातजना चुनावी प्रतिस्पर्धामा थिए । उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी एक हजार ४५२ मत प्राप्त गरे । उनीपछि रघुवीर महासेठले एक हजार ३६८, योगेश भट्टराईले एक हजार ३४८ मत प्राप्त पाए । भट्ट, महासेठ र भट्टराई उपमहासचिव निर्वाचित भएका हुन् ।
चाैथाे भएका विष्णुप्रसाद रिमालले एक हजार ९१ मत पाए ।
निर्वाचितमध्ये भट्ट र महासेठ ओली प्यानलका हुन् । भट्टराई पोखरेल प्यानलका हुन् ।
टिप्पणीहरू: