- असार ०६, २०८०
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा अटुट रूपमा संलग्नता र सहभागिता रहने बताएका छन् ।
"आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु," मतपरिणाम सार्वजनिक भएसँगै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "नेकपा (एमाले) को निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् - हार्दिक शुभकामना व्यक्त गर्दछु ।"
साथै उनले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादलगायतका मुद्दाहरूमा बहस र छलफल नयाँ स्तरमा निरन्तर हुने कुरामा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।
"महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू- जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन‘को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु," पोखरेलले उल्लेख गरेका छन् ।
टिप्पणीहरू: