मङ्गलबार, १९ साउन २०८३

सेवा सुविधा माग गर्दै नर्सहरु आन्दाेलित


काठमाडौं । सरकारसँग भएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरू गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राखेका छन् । १५ बुँदे माग पूरा गर, ज्योतिको जीवन बचाऊ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔँ-स्वास्थ्य बचाऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन नभएकाे भन्दै नर्सहरू थप आक्रोशित बनेका हुन् । विभिन्न समयमा नर्सहरुले सेवा सुविधा माग राख्दै आन्दाेलन गरे पनि उनीहरुकाे माग सुनुवाई हुने गरेकाे छैन ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ