मङ्गलबार, ०६ असोज २०८३

स्थिति खराब भएकाले यहि नेतृत्व अघि बढ्न सक्दैन : याेगेश भट्टराई


काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरण अनिवार्य भएको दाेहाेर्याएका छन् ।

केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आठ बुँदे धारणापत्र बुझाउदै नेतृत्व हस्तान्तरण अनिवार्य भएकाे बताएका हुन् ।

उनकाे प्रस्तावमा आगामी स्थानीय तहको चुनावसम्मका अन्तरिम नेतृत्व बनाउनु पर्नेछ ।

 फागुन २१ को निर्वाचन, जेन्जी आन्दोलनपछिका घटनाक्रमले पार्टीमा नेतृत्व हस्तान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् । ‘निर्वाचन समीक्षा कार्यदल, समीक्षा तथा पुनरावलोकन कार्यदलका आधारभूत रिपोर्ट, आम कार्यकर्ता र जनताको भावना पनि यही हो’ उनले भनेका छन् । अध्यक्षले स्वविवेक र स्वेच्छाले यो विषय स्वीकार गरी सहजीकरण गर्नुपर्ने उनको प्रस्ताव छ ।

महाधिवेशनले ओलीलाई चयन गरेपनि स्थिति झन् बिग्रेकोले वर्तमान नेतृत्व अघि बढ्न नसक्ने भट्टराईको भनाई छ। 

उनले राष्ट्रिय प्रतिनिधि परिषद् वा विधान महाधिवेशन बोलाएर ७० वर्षे उमेर हदबन्दी र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्ने गरी विधान, नीति, कार्यक्रम र राजनीतिक प्रतिवेदन संशोधन गर्ने प्रस्ताव गरेका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ