काठमाडाैं ।बसकाे ठक्करबाट सुनकोशी नदीमा कार खसेको छ ।
सोमबार बिहान फिक्कल गाउँपालिका-२ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो।
कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।
टिप्पणीहरू: