बिहिबार, १८ वैशाख २०८२

अब स्वास्थ्य बिमा आफू बसेकै स्थानमाबाट एक महिनाभित्रै लिन सकिने


फाइल फाेटाे

काठमाडौँ । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्थ्याे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ