- असार ०७, २०८०
काठमाडौँ। प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले मंगलबार दिउँसाे टोखामा गोली चलाएको हाे।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ग्राण्डी अस्पताल नजिकैबाट दुई कारोबारीलाई नियन्त्रणमा लिएकाे छ।
प्रहरीका अनुसार उनीहरूकाे साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको छ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण भएको र त्यसपछि गोली चलाइएको प्रहरीले बताएको छ। गोली लागेर २ जना घाइते भएका छन्।
टिप्पणीहरू: